धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ जना घाइते

9 3

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो । प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको र सबै उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

समन्धित समाचार