बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे

1 3

बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे गएको छ । बेलायतका विभिन्न शहरमा भेला भएको प्रदर्शनमा हजारौं नागरिक सहभागी भएका छन् । बेलायतको उत्तरपूर्वी शहर सन्डरल्यान्डमा प्रर्दशन थप चर्केपछि हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रदर्शनकारीहरुले देशको सुरक्षा नीति कमजोर भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

प्रदर्शनकै क्रममा प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप हुँदा दुबैतर्फ थुप्रै घाइते छन् भने आठजना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । गत साता एक नृत्यशालामा भएको सामूहिक छुरा प्रहारमा तीन बालबालिकाको मृत्यु भएपछि बेलायत अशान्त भएको हो ।

समन्धित समाचार