राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा गर्नुपर्ने सुझाव पेस भएको छ । दुई दिनसम्म चलेको पार्टीको कार्याशालाले विभिन्न १५ वटा सुझाव दिएको छ । त्यसमा महाधिवेशनबारे पनि सुझाव आएको रास्वपाले जनाएको छ । आगामी असोर राष्ट्रिय भेला गर्ने र आगामी वैशाखमा गर्नुपर्ने सुझाव आएको रास्वपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पार्टीको विधान संशोधनका लागि मस्यौदा आगामी भदौमा तयार पारी राष्ट्रिय भेलामा पेस गर्ने, जिल्ला संयोजक, उपसंयोजकलाई समावेश गरी जिल्ला तदर्थ समिति गठन गर्नेसमेत सुझाव आएको छ ।
रास्वपा क्लोज क्याम्पका १५ सुझाव, आगामी बैशाखमा महाधिवेशन
