चलचित्र ‘नमेटिने घाउ’ मा डबिङ गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

20 1

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा आफूले गरेको अभिनयको डबिङ गरेका छन् ।

आज प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर ओलीले चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीकोसमेत अभिनय रहेको छ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ ।

समन्धित समाचार