थाइ एयर एसियाले भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति पाएको छ । आज सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उडान अनुमति दिइएको जानकारी दिएका हुन् । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा उपयोग गर्ने काममा जुटेको भन्दै थप वायुसेवा कम्पनीहरूसँग समेत उडानका लागि छलफल भई रहेको उनले बताए ।
थाइ एयरले पायो भैरहवाबाट थाइल्यान्डका लागि उडानको अनुमति
