काभा नेसन्स लिगअन्तर्गत आज नेपाल र भारत भिड्दैछन् । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् । लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ ।
नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३-० को सोझो सेटमा जित हात पारेको थियो ।लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा इरानमाथि ३-१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो ।