आइतबार कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका- २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित जनकपुरधाममा मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् ।
बिहीबार ठाकुरको शव लिएर मिटर ब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका हुन् । मंगलबारदेखि स्वर्गद्वारीमा शव राखेर धर्ना दिएका मिटरब्याज पीडितहरूले बिहीबार जनकपुरधाम बजारमा प्रदर्शन गरेका हुन् ।उनीहरूले ठाकुरको शव ट्याक्टरमा राखेर जनकपुरधामको विभिन्न चोक हुँदै मुख्यमन्त्री कार्यालय तर्फ गएकोमा प्रहरीले उनीहरूलाई रोकेका थिए । कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरमा प्रदर्शन गरेका हुन् ।
तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै मिटरब्याज पीडित संघर्ष समितिले शव जलाउन रोकेको हो ।