एमाले उपाध्यक्षमा गुरु बराल मनोनित

19

नेकपा एमालेले पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनित गरेको छ। बिहिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हालेका थिए। उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि एमालेमा उपाध्यक्ष पद खाली थियो।

समन्धित समाचार