नेपाल टेलिकमको सिमकार्डमा आज राति झण्डै चारघण्टा रिचार्ज नहुने भएको छ । विलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमको सूचनामा उल्लेख छ।
नेपाल टेलिकमको सिमकार्डमा आज राति झण्डै चारघण्टा रिचार्ज नहुने
