बार्यन म्युनिख बराबरीमा रोकियो

baryen scaled 1

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिख र बोरुसिया मोन्चेनग्लाडबाखले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएकव खेलमा साविक विजेता बायर्न र मोन्चेनग्लाडबाखले १-१ गोलको बराबरी खेलेका हुन् ।

मोन्चेनग्लाडबाखको मैदानमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका हुन् । खेलको १०औँ मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए ।

४२औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।

समन्धित समाचार