रातभार भारी वर्षा, काठमाडौं उपत्यकामा बाढी

1 21

रातभरको भारी वर्षाले काठमाडौंमा बाढी आएको छ।

काठमाडौं महानगरपालिका-३२ नरेफाँट क्षेत्रमा बाढी पसेको हो। मनोहरा खोला र हनुमन्तेको दोभान क्षेत्रको करिडोर सडक ठप्प भएको छ। बाढीले मनोहरा करिडोर पूरै डुबानमा परेको हो ।बाढीले ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न ठाउँमा समेत क्षति गरेको छ।

जल तथा मौसम विज्ञान विभागले मोबाइलमा सन्देस पठाउँदै गोदावरी खोलाको जलमापन केन्द्र जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

समन्धित समाचार