सांसद अमरेश कुमार सिंहले सरकारको अहिले हनिमुन पिरियड चलिरहेको टिप्पणी गरेका छन् ।
आजको संसद बैठकमा उनले प्रश्न गर्ने आफ्नो हैसियत नभएको भन्दै याचना गर्न उभिएको प्रतिक्रिया दिए । दिपक मनाङ्गे मन्त्री बनेको प्रति ब्यङग्य गर्दै उनले भनेका छन,‘ देशका महान ब्यक्तित्व विभिन्न प्रदेशमा मन्त्री भइसक्नुभएको छ । केही छुट्नु भएको छ । राजीव गुरुङ उर्फ दिपक मनाङ्गे, सरोज थापा उर्फ रोज राना, मधु कुमार श्रेष्ठ, मिनकृष्ण महर्जन, बादशाह कुर्मी मन्त्री भइसक्नुभएको छ । केही महान ब्यक्तित्व छुट्नु भएको छ । मिलन गुरुङ उर्फ चक्रे, बलराम सापकोटा उर्फ बले, गणेश लामा, राजिव गोर्खाली, बागे लामा, दावा तामाङ, रमेश बाउन लगायत केही थप ब्यक्ति मन्त्री बन्न बाँकी छन् । मलाई लाग्छ, उहाँहरु पनि आउँदो दिनमा मन्त्री बन्नुहुनेछ ।’
साथै सांसद अमरेशले नेपाल प्रहरीले दिनेश अधिकारी भन्ने ‘चरी’ र कुमार श्रेष्ठ भन्ने ‘घैटे’ लाई इन्काउन्टर नगरेको भए यीनीहरु पनि पालैपालो गरेर मन्त्री बनिसक्ने टिप्पणी गरे ।