सरकारले १८ देशका लागि नयाँ राजदूत सिफारिस, भारतमा राजदूत शंकर शर्मालाई नै निरन्तरता

3 16

सरकारले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकलेले पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दक्षिण कोरियाका लागि नेपाली राजदूतका रुपमा नियुक्तिका लागि सिफारिस गरेको छ। यस्तै भारतमा राजदूत शंकर शर्मालाई नै निरन्तरता दिइएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भने फिर्ता बोलाइएको छ। उनको स्थानमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरिएको ट । अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ। उनी यसअघि भारतका लागि सिफारिस भएका थिए।यस्तै यसअघि अमेरिकाका लागि सिफारिस भएका चन्द्रप्रसाद घिमिरेलाई बेलायतका लागि सिफारिस गरिएको छ। यसअघि कतारबाट फर्किएका डा नेशरविक्रम ढकाललाई साउदी अरबको नयाँ राजदूतका लागि सिफारिस गरिएको छ।

इजरायलका लागि धनप्रसाद पण्डित सिफारिस गरिएको छ। त्यहाँ कार्यरत कान्ता रिजाललाई अस्ट्रेलिया पठाउने सरकारले निर्णय गरेको छ। यसअघि पोर्चुगलका लागि सिफारिस भएर पनि जान नपाएका सनिल नेपाल स्पेनका लागि सिफारिस भएका छन्।दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा परराष्ट्र मन्त्रालयका सहसचिव रिता धिताललाई राजदूतका रुपमा नियुक्त गर्न सिफारिस गर्ने सरकारले निर्णय गरेको छ।

यस्तै रुसका मिलन तुलाधर र अष्ट्रेलियाका कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ। श्रीलंकाका बासुदेव मिश्र र दक्षिण अफ्रिकाका दानबहादुर तामाङलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ ।

समन्धित समाचार