त्रिभुवन विश्वविद्यालयको सभा बैठक भोलि, स्ववियुले बहिष्कार गर्ने

26

त्रिभुवन विश्वविद्यालयको सभा बैठक भोलिका लागि बोलाइएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्रीका कारण स्थगित भएको सभा बैठक भोलि बिहान १० बजेका लागि बोलाइएको हो ।

यसअघि गत असार ३१ गते बोलाइएको सभा स्थगित भएको थियो । तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउ प्रधानमन्त्री बनेपछि स्थगित भएको थियो । बैठकमा नीति तथा कार्यक्रमसँगै बजेट पारित गरिने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले जानकारी दिए । उनका अनुसार बैठकमा ७४ हजार ९०० ग्रेजुएट हुने विद्यार्थीको ग्रेस लिष्ट पास समेत गरिनेछ ।

मङ्सिरमा यो वर्षको दीक्षान्त समारोह हुनेछ । त्यसका लागि ग्रेजुएट भएका विद्यार्थीहरूको ग्रेस लिष्ट पास गरिने उनको भनाई छ । बर्खे अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट पारित गर्ने परम्परा रहेको उनको भनाइ छ । महत्त्वपूर्ण निर्णयहरू हिउँदे अधिवेशनबाट मात्रै पारित गर्ने त्रिविको परम्परा रहेको बताउँदै यो अधिवेशनमा महत्त्वपूर्ण निर्णयहरू नगरिने बताए ।

यता सिनेटमा प्रतिनिधित्व गर्ने त्रिवि स्ववियुले भने बहिष्कार गर्ने भएको छ । स्ववियु सभापति श्यामराज ओझाले सिनेटमा प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले बहिष्कार गर्ने जानकारी दिए । यसपटक कुलपति र त्रिविका पदाधिकारीहरूले कुनै एजेन्डामा छलफल नगर्ने मनसाय देखाएकोले आफूहरूले बहिष्कार गर्न लागेको बताए ।

समन्धित समाचार