नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक आगामी बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ । उक्त बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने छ ।
गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कार्यविभाजनसम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको स्रोतले जनाएको छ ।
