संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजे बस्ने

8 8

संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजेका लागि सरेको छ ।

बिहान ११ः३० बजेका लागि तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको थियो । बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए ।

संवैधानिक परिषद्ले गत असार २ गते उनको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो । आजको बैठकले प्रधानको नियुक्ति सिफारिससम्बन्धी निर्णय गर्ने बताइएको छ ।

समन्धित समाचार