सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुग्यो : प्रचण्ड

5 7

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घटनाको छानबिनका लागि सरकारसँग माग गरेका छन् ।

१८ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुगेको बताएका हुन् ।

उनले भनेका छन्, ‘यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ। दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्य धारणका निम्ति सम्पूर्णमा हार्दिक अपिल गर्दछु। ’

उनले पार्टीको तर्फबाट मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् ।

समन्धित समाचार