दोहा : कतारले आप्रवासी श्रमिकका लागि गत मार्च २० तारिखदेखि न्यूनतम पारिश्रमिक लागू गरेको थियो।
कतारको नयाँ श्रम कानुन अनुसार अहिले घरेलु तथा अन्य श्रमिकले न्यूनतम पारिश्रमिक १ हजार कतारी रियाल प्राप्त गरिरहेका छन् । जसअनुसार तलब १ हजार, खानाको लागि ३ सय गरेर १३ सय रियाल पाइरहेका छन् ।
यदि कम्पनीले बस्ने आवासको व्यबस्था नगरेको खण्डमा आवासका लागि छुट्टै ५ सय कतारी रियाल दिनुपर्ने व्यवस्था गरिएको छ । समग्रमा न्युनतम १ हजार ८ सय रियाल पाउनु पर्नेछ ।
कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले न्यूनतम तलब कार्यान्वयन गरे पनि अझै धेरै नेपाली श्रमिकहरुले आफू कार्यरत कम्पनीले नयाँ पारिश्रमिक लागू नगरेको गुनासो गर्ने गरेका छन् ।
नेपाली श्रमिको गुनासो वा अलमललाई समेटेर सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सले ‘प्रवासी सूचना साथी’ को नामबाट जानकारीमुलक सूचना सार्वजनिक गरेको छ।