हाइटीको तटीय क्षेत्रमा आप्रवासी सवार डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु भएको सहायता निकायले जनाएको छ । यस हप्ताको सुरुमा हाइटीको तटमा उनीहरू यात्रा गरिरहेको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको स्रोतले जनाएको छ । ८० भन्दा बढी आप्रवासी बोकेर बुधबार हाइटी छोडेको जहाज टर्क्स र काइकोसतर्फ जाँदै गरेको आईओएमले जनाएको छ। बाँचेका ४१ जनालाई हाइटीको कोस्ट गार्डले उद्धार गरेको पनि बताइएको छ ।
हाइटीमा आप्रवासी सवार डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु
