प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुली काटिएका उद्योगहरूमा तत्काल लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितलाई बोलाएर लाइन काटिएका उद्योगमा तत्काल जोडिदिन निर्देशन दिएको स्रोतले बताएको छ । प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै केही उद्योगमा लाइन काटेको छ ।
यस विषयमा विवाद रहेको र न्यायिक समितिले दिएको प्रतिवेदनका आधारमा विवाद सुझाउन सरोकारवालाले आग्रह गरेका छन् । यो समयमा प्राधिकरणले बत्ती काटेपछि उद्योगीहरू रूष्ट बनेका थिए।