युरोकप- २०२४ को उपाधि स्पेनले जित्यो, इङ्ल्याण्ड २-१ गोलले पराजित

euro cup

इङ्ल्याण्डलाई पराजित गर्दै युरोकप- २०२४ को उपाधि स्पेनले जितेको छ। सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि कब्जा गरेको हो।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले एक/एक गोल गरे। स्पेनका विलियम्सले खेलको ४६औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। विलियम्सले लामिन यामलको पासमा गोल गरेका थिए।

तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा ओयार्जाबालले गोल गर्दै स्पेनलाई जित दिलाए। मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए।

योसँगै स्पेन चौथो पटक युरोकप विजेता बनेको छ भने इङ्ल्याण्ड  लगातार दुई पटक फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको छ। यसअघिको युरोकपमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।

समन्धित समाचार