बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका– २९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएकाे छ। हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन्।
२५ वर्षीया सृष्टि जगदीशप्रसाद यादव र सुमित्रादेवी यादवको पहिलो सन्तान हुन्। उनी यस परिवारकी जेठी छोरी हुन्। जगदीश र सुमित्राको सृष्टिसहित २२ वर्षीया अर्चना र १८ वर्षीय अनुराग गरी तीन सन्तान हुन्। अर्चना जनकपुरमा बसेर लोकसेवाको तयारी गर्दै छिन् भने अनुराग काठमाडाैंमा बसेर पढ्दै छन्। भाइ र बहिनीको पढाइको सबै खर्च सृष्टि र उनका बुवा जगदीशको कमाइले धानेको थियो।
सृष्टिका बुवा जगदीश बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको न्यू फोड्ली एग्रो बिजनेस प्रालिमा बजार व्यवस्थापकको रूपमा कार्यरत छन्। तीन वर्षअगाडि एसइई परीक्षा दिएकी सृष्टिले रेडियोग्राफीको दुई वर्षको तालिमपछि उनी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा २०७९ साल चैतबाट करारमा कार्यरत थिइन्।