काठमाण्डौ महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

8

काठमाण्डौ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पास भएको छ।

मंगलबार राष्ट्रिय सभा गृहमा बसेको महानगरको १५ औं नगर सभाको पाँचौं बैठकमा नगर सभामा मेयर बालेन शाहले आर्थिक वर्ष २०८१/०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए। नगर सभाका सदस्यहरुले संशोधित नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पास गरेका हुन्।
काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोलले १० असारमा २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट पेश गरेकी थिईन।

समन्धित समाचार