एमालेको सचिवालय बैठक अचानक स्थगित

uml sachibalaya 1719923636

आजका लागि डाकिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा डाकिएको बैठक प्रतिनिधि सभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ । आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

बैठक स्थगित भएको जानकारी पछि उपलब्ध सचिवालय सदस्यहरू पार्टी कार्यालय परिसरको क्यान्टिन अगाडि भेला भए । उनीहरू अनौपचारिक तरिकाबाट  चियाको सुर्कोसँगै  एक घण्टा गफिए।

एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले पार्टीका शीर्ष नेताहरुले चिया खाइरहेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न समेत भ्याउनु भयो  ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव लेखराज भट्ट नेताहरु पार्टी कार्यालयकै प्राङ्गणमा चिया खानु भएको थियो ।  पदाधिकारीसँगै लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल समेत सहभागी हुनुहुन्थ्यो ।

बैठक भोलि (असार २६ गते) ललितपुर, च्यासलस्थित पार्टी मुख्यालय बस्ने गरि सारिएको छ ।

समन्धित समाचार