प्रधानमन्त्री प्रचण्डको काँधमा १० वटा मन्त्रालयको जिम्मेवारी आएको छ । यसअघि एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले बुझाएको राजीनामा स्वीकृत भइसकेको छ । एमालेका मन्त्रीहरुले राजीनामा बुझाएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परिसकेका छन् । उनले यही असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वधार, कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, खानेपानी, रक्षासहित आज राजीनामा स्वीकृत भएका दुई मन्त्रालयको कार्यभार आफैंले सम्हाल्ने भएका छन् ।
