नेकपा (एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन्।
बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताएका हुन्।
उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए। यस्तै, उनले पार्टीको नेतृत्व सर्वसहमतिमा टुंग्याउने प्रयास भइरहेको बताए। उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसैअनुरुप अगाडि बढेको बताए।
