समीक्षा प्रतिवेदन सार्वजनिक(पूर्णपाठसहित)

hp mukul dhakal 1jpg 2022 12 07

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ । ढकालले उक्त प्रतिवेदन ३८ जिल्लामा पुगेर २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तरक्रिया गरी तयार पारेका थिए ।

महामन्त्री ढकालले आफ्नो समीक्षा प्रतिवेदनमा पार्टीभित्र प्रशिक्षणको अभाव रहेको, सञ्चार, सम्पर्क र समन्वयको अभाव भएको, गुनासो व्यवस्थापन कमजोर भएको, केन्द्रीय नेताहरु नखटेको, कामको मूल्याङुकन नभएको, नियम पालना नगर्दा दण्ड नभएको, गुटगत राजनीति हाबी भएको, पार्टीका निर्णयमा सामान्य सोधपुछसमेत नगरिएको जस्ता समस्याहरु उल्लेख गरेका छन् ।

उनले सभापति रवि लामिछानेमाथि नै प्रश्न उठाएका छन् । सभापति लामिछाने आफैं पटक–पटक गृहमन्त्री भएकोप्रति आक्रोश व्यक्त गरेका छन् । उनले सहकारी ठगी प्रकरणमा फरार जीबी राई नसमातिएको प्रतिपनि रोष प्रकट गरेका छन् । जीबी राई पक्राउ गर्न सकिँदैन थियो भने प्रतिपक्षमा बस्दा किन म्याद तोकेर बोलेको ? भन्दै प्रश्न गरेका छन् ।

साथै, उनले सभापति लामिछानेसँग भेट्नभन्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न सजिलो रहेको भन्दै व्याङ्ग्य गरेका छन् । उनले सभापति लामिछानेको सचिवाल मृदुभाषी नरहेको र यही सचिवालयबाट अगाडि बढे लामिछानेको राजनीति सम्भव नरहेको बताएका छन् ।

त्यस्तै, उनले सचिवालयमा ग्यालेक्सी टेलिभिजनको टिम धेरै भएको पनि टिप्पणी गरेका छन् । लामिछानेले विश्वासको दायरा बढाउन नसकेको पनि उनको टिप्पणी छ । सभापति लामिछानेमा त्यागको भावना नरहेको, केन्द्रीय नेताहरुले नै पार्टीको निर्णयविरुद्ध टिप्पणी गर्ने गरेको, नेताहरु सुविधाभोगी भएकोलगायतका आरोप लगाएका छन् ।

साथै, उनले पार्टीमा राजनीतिक संस्कार र बुझाइ अत्यन्त कमजोर देखिएको उल्लेख गरेका छन् । महामन्त्री ढकालले विभिन्न विचारबाट आएका नेताहरुले प्रत्येक विषयमा अल्पमत र बहुमत के हुन्छ भनेर निणर्य गर्दा पार्टीको मूल विचार नै छायाँमा परेको उल्लेख गरेका छन् । उनले रास्वपा एनजीओजसरी चल्न खोजेको टिप्पणी गरेका छन् ।

Mukul Pratibedan

समन्धित समाचार