वर्तमान विपक्षी दलहरूको संयुक्त बैठक अहिले काठमाडौँको बूढानीलकण्ठमा बसिरेहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा जारी बैठकमा राप्रपा, लोसपालगायतका दलका शीर्ष नेताहरू सहभागी रहेका देउवाको सचिवालयले जनाएको छ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठकमा नयाँ बन्ने सत्ता समिकरणका बारेमा छलफल भइरहेको जनाइएको छ।
गएराति एमाले र कांग्रेसबीच संविधान संशोधन गर्ने एजेन्डासहित नयाँ सरकार बनाउने सहमति भएको थियो। नयाँ सहमतिपछि बसेको राप्रपाको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनमा सहमति हुनु स्वागत योग्य भएको बताएका छन्।
