एच.आई.भी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ ले केन्द्रिय स्तरमा सरकारी एवं गैरसरकारी सरोकारवाला निकायहरुसंगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य कार्यालय काठमाडौं, राष्ट्रिय महिला आयोग, काठमाडौं महानगरपालिका वडा नं ३१ कार्यालय,काठमाडौं महानगरपालिका सामाजिक विकास शाखा,त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय एच.आई.भी तथा एड्स महासंघ नेपाल ( NAP+N ),समाज कल्याण परिषद्,महिला कानुन र विकास मन्च (FWLD), स्पर्श नेपाल, Recovery Nepal, Recovery Nepal ( Women), National Migrant Network,AHF Nepal,जागृति महिला महासंघ, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ (FSGMN) र मिडियाकर्मी लगायतका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो।