संसद विघटनको खतरा अझै छ, हिजो गर्नेहरुले फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला : माधवकुमार नेपाल

madhav 1719748573

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै पनि संसद विघटनको खतरा रहेको दाबी गरेका छन्। पार्टीको दशौं महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य दिनेक्रममा नेपालले उक्त भनाई राखेका हुन्।

सम्माननीय प्रधानमन्त्रीज्यू सुनिन्छ विघटन गरेर ठीक गरियो भनेर कतिपयले बोल्ने गरेका छन्, हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला,’ एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै नेपालले भने ।

नेपालले अहिले पनि विघटन गरेर ठीक गरियो भनेर बोल्ने गरेको प्रसङ्ग पनि नेपालले सुनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत हुन आग्रह गरे। भने, ‘अहिले संसद विघटनको आवश्यकता छैन। हामी पनि छौं संख्या कम भयो भनेर आत्तिनुपर्दैन।’

पार्टी बलियो भएन भने कसैले पनि नपुछ्ने भएकले बलियो बनाउन ध्यान दिने बताउँद ै नेपालले पार्टी बलियो मात्र भएर मात्र पनि नहुने भन्दै सही विचार र दृष्टिकोण पनि आवस्यक रहेको बताए।

नेपालले आफ्नो पार्टीमा नेता कार्यकर्ताको कमी नभएको समेतबताए । नेपालले विचार मिल्नेसँग एकताको आधार बनाउँदै जाने तर एकताका नाममा हतार गर्ने र एकताका लागि ढिलो गर्ने पक्षमा आफू नभएको भनाई पनि राखे।

समन्धित समाचार