नेकपा (एमाले)बाट चोइटिएको नेकपा (एकीकृत समाजवादी)को आजबाट १० औ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एकीकृत समाजवादीले महाधिवेशन सुरु भएको हो । महाधिवेशन सुरु अघि विभिन्न ठाउँबाट झाकी सहित जुलुस निस्केको थियो ।
र्यालीमा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव धनश्याम भुसाल लगायतका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । यस्तै कमलादीमा उद्घाटन सत्रमा सुरु भएको छ ।
उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसी लगायत नेता सहभागी हुनु भएको छ ।
