कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौंका सुनिल खड्कालाई

20244651996 photo 1719670097

प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् ।

शनिवार भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ‘च्याम्पियन’ बनेका हुन् । विजेता घोषित भएसँगै उनले नगद पच्चीस लाख रुपैयाँसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बनिन् ।

प्रतियोगिताको निर्णायकमा हाँस्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा रहेका थिए ।

समन्धित समाचार