नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार कांग्रेस सभापति देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन्।
ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए। उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको बताइएको छ। भेटघाटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
