गाजामा भोकमरी, बालबालिका र गर्भवती महिलाको अवस्था भयानक,

gaza cover XnaTD9p1sA

इजरायल र प्यालेस्टाइन आतंकवादी संगठन हमासबीच गत अक्टोबरदेखि युद्ध जारी छ। शान्तिका कैयौँ प्रयास असफल भइसकेका छन्।

यसबीचमा गाजापट्टीमा विशेषगरी बालबालिका र गर्भवती महिलाको अवस्था भयानक बनेको छ। संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार हरेक तीनमा एक बालबालिका भोकमरीको शिकार बन्नुपरेको छ। यही अवस्था रहे आगामी केही महिनाभित्र त्यस क्षेत्रमा खानाको अभाव संसारकै सबैभन्दा भयावहस्तरमा पुग्ने चिन्ता व्यक्त गरिएको छ।

गत अक्टोबरमा प्यालेस्टाइनी आतंकवादी गुट हमासले इजरायली सीमामा गरेको आक्रमणमा १ हजार २०० मानिस मारिए। हमासले करिब अढाई सय मानिसलाई बन्धक बनायो र उनीहरूका मुक्तिका लागि एकपछि अर्को शर्त राखिरहेको छ।

यसबीचमा आक्रोशित इजरायली सेनाले गाजापट्टीमा रहेको हमासको मुख्यालयमा आक्रमण गर्‍यो। हाल यी दुईबीचको लडाइँमा गाजाका प्यालेस्टाइनी नागरिक, विशेषगरी बालबालिका र गर्भवतीको अवस्था नाजुक बनेको छ। ताजा तथ्यांकले त्यहाँ हरेक तीनमध्ये एक बालबालिका खानाको चरम अभाव झेलिरहेको देखाउँछ।

गाजापट्टी संसारको एउटा यस्तो हिस्सा हो जहाँका लगभग सबै मानिस खाद्यान्नको अभावमा छन्। त्यहाँका १० लाख जनसंख्या भोकमरीको सबैभन्दा चरम रूप अकालबाट पीडित रहेका र तीमध्ये धेरैजसो बालबालिका रहेको तथ्यांकमा उल्लेख छ। गाजाको सरकारी रिपोर्टलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार लडाइँ शुरु भएपछि यता खान नपाएर मृत्यु भएका ३३ मध्ये २९ जना बालबालिका र तिनमा धेरै बच्चा उत्तरी गाजाका थिए। इजरायली आक्रमण बढेसँगै उक्त क्षेत्रमा बाह्य सम्पर्क लगभग टुटेको छ।

 

 

समन्धित समाचार