मेक्सिकोलाई १-०ले हराउँदै भेनेजुएला कोपा अमेरिका फुटबलको अन्तिम आठमा प्रवेश

images

भेनेजुएला कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सोफि स्टेडियममा आज बिहान भएको खेलमा मेक्सिकोलाई १-०ले हराउँदै भेनेजुएला अन्तिम आठमा प्रवेश गरेको हो।

भेनेजुएलाको जितमा साल्मोन रोन्डोनले ५७औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो। अधिकांश समय दबाबमा राखेको मेक्सिकोले गोल गर्न भने सकेन।

आजै ग्रुप बी अन्तरगत भएको पहिलो खेलमा इक्वेडरले जमैकालाई ३-१ गोलले हराएको थियो। कोपा अमेरिकामा विश्व नम्बर एक अर्जेन्टिना एक खेल अगावै अन्तिम आठमा प्रवेश गरिसकेको छ।

समन्धित समाचार