रास्वपाले माग्यो राजदूतको आवेदन, १४ गते अन्तिम म्याद

rsp raswopa1687437286 1719202481 768x417 1

सत्ता गठबन्धनमा २ देशको राजदूत भाग पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरूमा राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

रास्वापले पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा रहेको कार्यदलले राजदूत सिफारिस मापदण्ड बनाएको जानकारी पनि दिएको छ । जसअनुसार रास्वपाको तर्फबाट सिफारिस र समन्वयका लागि आवेदन मागेको हो।

स्वपाले आज एक सूचना जारी गर्दै असार १४ गतेसम्म इच्छुक व्यक्तिलाई आवेदन दिन भनेको छ । सूचनामा भनिएको छ ‘नेपालको प्रतिनिधित्व गर्दै मित्रराष्ट्र एवं संयुक्त राष्ट्र संघ लगायत अन्य अन्तरार्ष्ट्रिय तथा क्षेत्रीय संघ संगठनहरूमा नेपालको कुटनीतिक जिम्मेवारी निर्वाह गर्न राजदुत, स्थायी प्रतिनिधि, वा विशेष प्रतिनिधि नियुक्ति गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुनसक्ने सिफारिस वा समन्वयका लागी रास्वपा अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा।डा। अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले राजदुत सिफारिस मापदण्ड २०८१ तयार पारेको छ । यस मापदण्ड अनुसार असार १४, २०८१ सम्म दिएको लिङ्कमा आवेदन फारम भरी आफ्नो इच्छा जाहेर गर्न वा उपयुक्त व्यक्ति सिफारिस गर्नुहुन अनुरोध छ । आवेदन अनुसार आगामी दिनका लागी पनि रोष्टर तयार पारिनेछ’ ।

समन्धित समाचार