वीरगन्ज महानगरमा २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट प्रस्तुत

Jumla Nagma gamgadi Rajmarga ytEWm9FJQK

वीरगन्ज महानगरपालिकाले आउँदो आर्थिक वर्षको लागि दुई अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको छ । आज बसेको १५ औं नगरसभामा बजेट प्रस्तुत भएको हो । वीरगन्जले आउँदो आर्थिको वर्षको लाग चालू वर्षभन्दा ६२ करोड रुपैयाँ घटाएर बजेट सार्वजनिक गरेको छ ।

समानीकरण अनुदान रकमअन्तर्गत अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको, संघीय सरकारकै राजश्व घट्दा राजस्व बाँडफाँड घट्न गएको, घरजग्गा रजिस्ट्रेसन लगायतका आय स्रोतसमेत घटेकाले बजेटको आकार घटाउनु परेको महानगरले जनाएको छ ।

वीरगन्जले चालु खर्चतर्फ दुई अर्ब चार करोड ६६ लाख अर्थात् ७० दशमलव ७ प्रतिशत छुट्याएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८ दशमलव १ प्रतिशत बजेट विनियोजन गरेको छ ।

समन्धित समाचार