दीपेन्द्रसिंह ऐरी अर्को अवसर, यूएईको टी-२० लिगमा क्लब गल्फ जाएन्टबाट खेल्ने

यूएईको टी-२० लिगको क्लब गल्फ जाएन्टले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीसँगको अनुबन्ध नवीकरण गरेको छ।

यूएईमा आगामी जनवरी ११ देखि फेब्रुअरी ९ सम्म आयोजना हुने आईएल टी–२० लिगका लागि ऐरीलाई गल्फ जायन्टले अनुबन्ध नवीकरण गरेको हो।

गल्फ जायन्टले ऐरीसहित अन्य विदेशी खेलाडी रहेको तस्वीर शुक्रवार सार्वजनिक गरेको छ।

यसअघिको सिजन पनि ऐरीले गल्फ जायन्टबाट खेलेका थिए। आईएल टी–२० लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

दीपेन्द्रले यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी-१० र क्यानडाको ग्लोबल टी-२० लिग खेलिसकेका छन्। ग्लोबल टी-२० लिगमा उनले खेलेको क्लब मन्ट्रियल टाइगर्सले उपाधि जितेको थियो।