गाजास्थित आईसीआरसीको कार्यालयमा आक्रमण, २२ प्यालेष्टिनीको मृत्यु

gaja

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी आईसीआरसीले गाजास्थित आफ्नो कार्यालयमा इजरायलले आक्रमण गरेको आरोप लगाएको छ। यो आक्रमणमा कार्यालय परिसरमा शरण लिइरहेका २२ प्यालेस्टाइनीको मृत्यु भएको छ। कम्तीमा ४५ जना घाइते भएका छन्।

आईसीआरसीको कार्यालय क्षतिग्रस्त भएको छ। इजरायलले भने आईसीआरसीको कार्यालयमा आफ्नो सेनाले बम नखसालेको दाबी गरेको छ। यसैबीच संयुक्त राष्ट्र संघ र इजरायलको विवादका कारण गाजामा विस्थापित थप भोकमरीको शिकार बनेका छन्।

राष्ट्र संघको डिपोमा रहेको खाद्य सामग्री वितरणमा समेत इजरायल बाधक बनेपछि विस्थापितहरु थप पीडित बनेका हुन्। राष्ट्रसंघको खाद्य शिविर र शरणार्थी शिविरहरुको बीच भागमा लडाइँ जारी रहँदा खाद्यान्न आपूर्तिमा समस्या उत्पन्न भएको हो।

यी क्षेत्रमा राष्ट्र संघ तथा अन्य सहयोगी संस्थाका प्रतिनिधि तथा गाडीमाथि समेत आक्रमण हुने गरेको छ । यसले मौज्दाद रहेको खाद्यान्नसमेत वितरण हुन नसक्दा युद्ध पीडित थप समस्यामा परेका हुन्।

समन्धित समाचार