राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबीच सहकार्यका लागि छलफल भइरहेको बताउनु भएको छ ।
शुक्रबार रास्वपाको स्थापना दिवसमा सहभागी भएको लिङ्देनले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुले सहकार्य गर्ने सोच बनाएर संगै सरकारमा गएको पनि उनले स्मरण गराए । त्योबेलाको सरकारमा विभिन्न कारणले समीकरण परिवर्तन भएकाले सहयात्रा लामो हुन नसकेको उनले बताए । रास्वपा र राप्रपाले सहकार्य गर्दा जनतालाई फरक सन्देश दिन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।
‘हामी छलफलमा पनि छौं । सांसदको निर्वाचन भइसकेपछि हामीले अभ्यास पनि गरका थियौं । त्यसमा सफल हुन सकेनौं । भविष्यमा फेरि त्यस प्रकारको अभ्यास गर्नेछौं । हामी दुई वटा पार्टीले चाह्यौं भने फरक सन्देश दिन सक्छौं,’– उनले भने ।
