आईसीसी अलराउन्डर वरीयताको छैटौँ नम्बरमा दीपेन्द्र, ब्याटिङ वरीयतामा कोहलीभन्दा अघि

Dipendra Singh Aaire 1698934085

क्रिकेटर दीपेन्द्र सिंह ऐरीकाे पुरुष टी-२०मा अलराउण्डरको आइसिसी वरीयतामा सुधार गरेका छन् । यसअघि नवाैँ स्थानमा रहेका उनी छैटौँ स्थानमा उक्लिएका छन् ।

दीपेन्द्रले हालै टी-२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरीयतामा सुधार भएको हो । आइसिसीले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौँ स्थानमा उक्लिएका हुन् ।

टी-२० को अलराउन्डर वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका मोहमद नावीलाई पछि पार्दै अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्ष स्थानमा उक्लिएका छन् । त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् । यसअघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

त्यस्तै यसअघि शीर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन् । त्यस्तै, पाँचौँ स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् । दीपेन्द्रपछि भारतका हार्दिक पाण्डेय सातौँ स्थानमा रहेका छन् ।

दीपेन्द्र ट्वान्टी–२० ब्याटिङ वरीयताका पनि अटाएका छन् । दीपेन्द्र आईसीसीबाट अद्यावधिक भएको वरीयताको ४६औँ स्थानमा छन् । दीपेन्द्रले यसअघिको वरीयतामा पाँच स्थान सुधार गरेका हुन् । ट्वान्टी–२० को ब्याटिङ वरीयतामा दीपेन्द्र भारतका विराट कोहलीभन्दा अघि छन् । कोहली हाल वरीयताको ५०औँ स्थानमा छन् ।

समन्धित समाचार