दूधको भुक्तानी माग गर्दै दुग्ध किसानहरुले बुधबार दुग्ध विकास संस्थान घेराउ गरेका छन् । दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थानलगायत निजी डेरीहरुबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका छन् ।
बिरोध प्रदर्शनका क्रममा तीन दर्जन जति किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानीलगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता र सहमती समेत कार्यान्वयन नभएको उनीहरुको आरोप छ ।