रोहितसँग झगडा गरेका तान्जिम आईसीसीको कारबाहीमा

1718759201 tanzijj 1200x560 1

आईसीसीले बंगलादेशका खेलाडी तान्जिम हसन सकिबलाई कारबाही गरेको छ। जारी विश्वकपमा नेपाल र बंगलादेशको खेलमा नेपालका कप्तान रोहित पौडेलसँग विवाद गरेका उनलाई आईसीसीले कारवाही गरेको हो।

आईसीसीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो। आईसीसीका अनुसार उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ। सेन्ट भिन्सेन्टमा आइतबार नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि विवाद भएको थियो।

उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भनेका थिए। रोहितले पनि आक्रोशित हुँदै उनलाई जवाफ फर्काएका थिए। ताम्जिमलाई लिटन दास र रोहितलाई आशिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए। नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए।

समन्धित समाचार