महानगरको हस्तक्षेप बिरुद्धको कवाडी ब्यबसायीहरुको आन्दोलन प्रहरी हस्तक्षेप

kabadi 2

कवाडी ब्यबसायीहरुको काठमाडौं महानगरको हस्तक्षेप बिरुद्धको आन्दोलन मंगलबार तेस्रो दिन पनि जारी रहयो |

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रमा विरोध जनाउँदै उनीहरूले मंगलबार महानगरपालिकाको कमलादीस्थित कार्यालय घेराउ गरेका हुन्। कवाड व्यवसायीहरूले दरबारमार्गदेखि कमलादी सडक क्षेत्रमा प्रदर्शन उत्रेका थिए  ।

अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानुनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गरसहितका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले धरपकड समेत गरेको छ गरेको छ । सोहीक्रममा  प्रहरीले लाठी गरेपछि  प्रदर्शनकारी तितरबितर भएका थिए ।

समन्धित समाचार