‘जन्ते बाख्रो’ को थिम पोस्टर सार्वजनिक

jante bakhroo

सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’ को थिम पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा छाता ओडेर, आँखामा चस्मा लगाएको मुस्कानसहितको जन्ते बाख्रोको आकर्षक हुलियासहित नेपत्थ्यमा आकाश र बादलको रोचक आकृति देख्न सकिन्छ। यसले फिल्मको कमेडी कथाशैलीलाई संकेत गरेको छ।

ग्रामीण परिवेश र त्रिकोणात्मक प्रेमकथालाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ। प्रदीप भारद्वाजको लेखन रहने फिल्मका निर्माता निर्देशक सुनुवार र सन्तोष गौतम हुन्।

फिल्ममा अभिनेता सौगात मल्ल जोडिएका छन्। निर्माण टिमका अनुसार अन्य कलाकार छनोट कार्य भइरहेको छ। आगामी भदौदेखि छायांकनको तयारीमा रहेको फिल्म मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ।

समन्धित समाचार