चितवन आँखा अस्पताल भरतपुरको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न

448118774 976928151098952 5412708562193209849 n

जागृती टोल बिकास संस्थाकाे आयोजना तथा चितवन आँखा अस्पताल भरतपुरको प्राविधिक सहयोगमा हरिकृतन चाेक लंकुमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ।

जागृति टाेलमा बसाेबास गर्नु हुने ९० बर्षका वयोवृद्ध छविलाल सुवेदीको आँखाकाे परिक्षण गरि शुभारम्भ गरिएको शिविरमा २ सय १९ जनाकाे आँखाकाे परिक्षण गरिएको छ। परिक्षण गरिएका मध्य १८ जनामा माेतिया बिन्दुकाे समस्या देखा परेको छ।

448060543 976925354432565 6937663785455707248 n 448060805 976928437765590 6190284835027287317 n 448062375 976928394432261 2696236684915708152 n 448062939 976928434432257 3689692044191937911 n 448118774 976928151098952 5412708562193209849 n

शिविरमा जागृति टाेल बिकाससंगै छिमेकी टाेलका बासिन्दाको पनि बाक्लो उपस्थिति रहेको थियाे। जागृति टाेल बिकास संस्थाका अध्यक्ष देवीराम लामीछानेकाे अध्यक्षता सञ्चालन गरिएको शिविरमा, चितवन आँखा अस्पताल भरतपुरका दृष्टि विशेषज्ञ किशोर गाैतम र नेत्र सहायक प्रभात यादवले आँखाको परिक्षण गर्नु भएको थियाे।

कार्यक्रममा भरतपुर महानगरपालीका वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष ठाकुर प्रसाद सापकोटा उपस्थित रहनु भएको थियाे। शिविरमा आँखाकाे परिक्षण,परामर्शसंगै निशुल्करुपमा औषधि बितरण गरिएको थियाे। बिहान ९ बजे देखि शुरु भएको आँखा शिविर दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियाे।

समन्धित समाचार