Zagraj na automatach online, gdzie najlepsze kasyno bitcoin oferuje ogromne jackpoty i niepowtarzalne bonusy, które zapewnią ci ekscytującą i niezapomnianą rozrywkę.

६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसित नेपाली नागरिकता भेटियो

६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसित नेपाली नागरिकता भेटिएको छ । उनलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३७ वर्षीय शेरब ग्याल्मो छन् । उनका साथबाट ६ किलो सुन र ४८ लाख नेपाली रुपैयाँ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनी काठमाडौं महानगरपालिका–६, बौद्ध, तीनचुलीमा डेरा गरी बस्दै आएका थिए । उनको कोठामा खानतलासी गर्ने क्रममा सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाणपत्र समेत बरामद गरिएको एसपी बोगटीले जानकारी दिए ।

उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी गरिएको देखिएको छ। लामो समयदेखि नेपालमा बस्दै आएका गुरुङ किष्टोकरेन्सी तथा युएसडीटीको अवैध कारोबारमा समेत संलग्न रहेको सीआईबीले जनाएको छ।

पक्राउ परेका ग्याल्मो ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।