सरकार अगाडि जान्छ, राम्रैसँग जान्छ:- प्रधानमन्त्री

prad

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले सरकारका सम्बन्धमा बाहिर भएको हल्लामा सत्यता नभएको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गरे  ।

‘सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने रियूमरहरुमा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग जाने छ ‘, उनले भने।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निति तथा कार्यक्रम र बजेटका विषयलाई लिएर दिनुभएको असन्तुष्टिलाई पनि ठुलो रुपमा हेर्न नहुने तर्क गरेका छन्।

‘केपी ओली जीले पनि असन्तुष्टि जस्तो मात्रै पो गर्नुएभएको हो । असन्तुष्टि नै गर्नुभाछैन नि ‘, प्रधानमन्त्री प्रचण्डले  भने ।

उनले सरकारले सुशासन, सामाजिक न्याय र सम्वृद्धिका क्षेत्रमा पनि थुप्रै सकरात्मक पहलहरु अगाडी बढाएको धारणा राखेका छन् । सरकारका सय दिन सन्तोष जनक रहदा रहदै पनि अझै जनभावना अनुसारका  कामहरु भने हुन नसकेको उनको भनाइ छ ।

प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा खल्तीमा बोकेर हिँडेको भन्दै दिने अभिव्यक्ति उहाँहरुको पहिचानको अभिव्यक्ति मात्रै भएको बताए ।

समन्धित समाचार