अष्ट्रेलियाको भिसामा कडाइ, कलाकार र पर्यटक बनेर आउनेले पढ्न नपाउने

australia 1715143225

अष्ट्रेलियामा पर्यटक वा कलाकारका रूपमा भ्रमण भिसामा आउने विदेशी नागरिक र यहाँको अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा (टिआर) मा रहेका विदेशी नागरिकले पुन: विद्यार्थी भिसाको आवेदन दिन नपाउने भएको छ।

यस पहिले नेपाल लगायतका देशबाट कलाकार र भ्रमण भिसामा अष्ट्रेलिया आउने र यहाँ आएपछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर यतै बस्ने प्रचलन व्याप्त थियो।

यसैगरी निश्चित अध्ययन सकेपछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुनः विद्यार्थी भिसामा आवेदन दिएर लामो समय बस्ने र टिक्ने विद्यार्थीको संख्या समेत व्यापकता थियो।

कोभिडको महामारीपछि अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडा नियम लगाउँदै आएको अष्ट्रेलियाले अझ थप कडाई गर्ने संकेत पनि गरेको छ।

अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन्। ओनिलले आज थप नियमको घोषणा गर्दै यी दुई भिसा क्याटागोरी (सबक्लास ६०० र ४८५) मा रहेकाले समेत अष्ट्रेलियाबाट विद्यार्थी भिसाको आवेदन दिन नपाउने बताएकी हुन्। उनीहरूले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन गर्न भने पाउनेछन्।

समन्धित समाचार