नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जस अनुसार अमेरिकी डलर लगायतका प्रमुख मुद्राहरूको मूल्यमा वृद्धि देखिएको छ। आजका लागि अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ ३१ पैसा र बिक्री दर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ, जबकि हिजो यसको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ३१ पैसा रहेको थियो।
त्यसैगरी युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ६९ पैसा र बिक्री दर १७६ रुपैयाँ ३९ पैसा कायम गरिएको छ। हिजो युरोको खरिद दर १७५ रुपैयाँ ८ पैसा र बिक्री दर १७५ रुपैयाँ ७८ पैसा थियो। युके पाउण्ड स्टर्लिङको मूल्यमा पनि वृद्धि भई आजका लागि खरिद दर २०१ रुपैयाँ ८४ पैसा र बिक्री दर २०२ रुपैयाँ ६६ पैसा पुगेको छ, जुन हिजो खरिद दर २०१ रुपैयाँ ८ पैसा र बिक्री दर २०१ रुपैयाँ ८९ पैसा तोकिएको थियो।
यस्तै स्वीस फ्रयाङ्क एकको खरिद दर १९१ रुपैयाँ ५३ पैसा र बिक्री दर १९२ रुपैयाँ ३० पैसा कायम भएको छ। हिजो यसको खरिद दर १९० रुपैयाँ ३९ पैसा र बिक्री दर १९१ रुपैयाँ १५ पैसा रहेको थियो।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९६ पैसा र बिक्रीदर ४१ रुपैयाँ १२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४० रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।




